कैलालीमा डेंगु संक्रमणबाट एक बालिकाको मृत्यु – Nepal Press

कैलालीमा डेंगु संक्रमणबाट एक बालिकाको मृत्यु

धनगढी । कैलालीमा डेंगुका कारण थप एक जनाको ज्यान गएको छ । टीकापुर नगरपालिका वडा नम्बर ६ आमवासाकी १२ वर्षीया बालिकाको बुधबार मृत्यु भएको बताइएको छ ।

टीकापुर नगरपालिका स्वास्थ्य शाखा संयोजक बलबहादुर रावलले बालिकाको उपचारका क्रममा बुधबार नै नेपालगञ्ज भेरी अस्पतालमा मृत्यु भएको र यसबारे बिहीबारमात्र जानकारी प्राप्त भएको बताएका छन् ।

सिकिस्त बिरामी भएकी बालिकालाई १९ गतेदेखि भेरी अस्पतालको आइसीयूमा राखेर उपचार थालिएको थियो ।

यसअघि धनगढी उपमहानगरपालिका वडा नम्बर १२ की ३५ वर्षीया गीता शाहीको डेंगुका कारण मृत्यु भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *