महोत्तरीमा स्कूलबाट फर्किँदै गरेका तीन बालिका बेपत्ता – Nepal Press

महोत्तरीमा स्कूलबाट फर्किँदै गरेका तीन बालिका बेपत्ता

जनकपुरधाम । भारतीय बच्चा चोर छिरेको भनेर मधेसका जिल्लाहरूमा हल्ला चलिरहेका बेला महोत्तरीको पिपरा गाउँपालिकाबाट १० वर्ष मुनीका तीन स्कूले बालिका बेपत्ता भएकी छन् ।

पिपरा गाउँपालिका २ बनौलीका मोहित चौधरीकी ८ वर्षीया छोरी आराधना र वडा नम्बर ७ का दीपेन्द्र झाका ७ वर्षीया छोरी प्रज्ञा र १० वर्षीया छोरी प्रियांशी बेपत्ता भएकी छन् । आज बिहान पढ्न स्कूल गएकी उनीहरू घर फर्केकी छैनन् ।

बेपत्ता बालिकाहरूलाई खोज्न स्थानीय निस्केका छन् । बालिका बेपत्ता भएकोबारे स्थानीयले प्रहरीलाई पनि खबर गरेको छ । तर आसपास गाउँमा कतै फेला नपरेको बुझिएको छ ।

बेपत्ता प्रियांशीका बुवा दीपेन्द्र भन्छन्, ‘उनीहरू स्कुल पढेर साढे ११ बजेभन्दा पहिले जहिल्यै फर्किने गर्थिन् । तर बुधवार घर फर्किन ढिलो भएपछि शंका लाग्यो । खोज्न जाँदा पनि भेटिनन् ।’ उनले बेपत्ता छोरीलाई खोजिदिन पिपरा प्रहरी चौकीमा निवेदन पनि दिएको बताए ।

बेपत्ता तीनै बालिका देवसिद्धी इङलिस बोर्डिङ स्कुलमा पढ्छिन् ।

प्रहरी चौकी पिपराका इन्चार्ज सन्तोष झाले बेपत्ता बालिकाको खोजी गर्ने क्रममा ‘उनीहरू करिब १२ बजेतीर जनकपुर–जलेश्वर सडक खण्डको चाँदी चोकमा देखा परेको थियो’ भन्ने कुरा खुलेको बताए ।

उनले भने, ‘घर पुग्नुपर्नेमा ती बालिकाहरू चाँदनी चौक किन पुगे भन्ने अनुसन्धानको विषय भएको छ । हामी अनुसन्धान गरिरहेका छौँ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *