चुनावी मिसनमा माओवादीका विद्यार्थी (तस्बिरहरू) – Nepal Press

चुनावी मिसनमा माओवादीका विद्यार्थी (तस्बिरहरू)

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीले चुनाव लक्षित गतिविधि बढाएको छ ।

आगामी मंसिर ४ गते तय हुने निर्वाचनमा आफ्नो पार्टीलाई सफल बनाउन संगठन अगाडि बढेको हो ।

अनेरास्ववियुले बुधवार चुनाव लक्षित फोर्स घोषणा गरेको छ ।

राष्ट्रिय सभागृहमा आयोजित घोषणा कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समेत सहभागी थिए ।

फोर्सले चुनाव लक्षित पार्टीका अभियानलाई अगाडि बढाउने छ । यसअघि मङ्गलवार क्रान्तिकारीको असन्तुष्ट एक समूहले पनि फोर्स घोषणा गरेको थियो ।

यसअघि घोषणा कार्यक्रममा अध्यक्ष पञ्चा सिंहले आउने चुनावबाट प्रचण्डको नेतृत्वमा सरकार गठनका लागि अभियान सञ्चालन गर्ने बताएकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर