पञ्चा सिंहको दाबी- मुलुकले चालक सीटमा प्रचण्ड खोजेको छ (भिडिओ) – Nepal Press

पञ्चा सिंहको दाबी- मुलुकले चालक सीटमा प्रचण्ड खोजेको छ (भिडिओ)

काठमाडौं । माओवादीनिकट विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीले आउने चुनावबाट प्रचण्डको नेतृत्वमा सरकार गठनका लागि अभियान सञ्चालन गर्ने भएको छ ।

चुनावलक्षित ‘क्रान्तिकारी फोर्स’ घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले जसले परिवर्तनको नेतृत्व गर्‍यो उसैले सरकारको नेतृत्व गर्नुपर्ने बताइन् ।

प्रचण्डलाई साक्षी राखेर उनले भनिन्, ‘आज हामी लाखौं मतदाता थप्ने र माओवादी पार्टी र अध्यक्ष प्रचण्डलाई मुलुकको चालक सीटमा पुर्‍याउने अभियानमा छौं । आज मुलुकको अवस्था बदल प्रचण्डलाई चालक सीटमा देख्न चाहेको छ देशले । परिवर्तनको संस्थापक माओवादी पार्टी र प्रचण्डको नेतृत्वमा अब मुलुक चल्नुपर्छ ।’

क्रान्तिकारीले १२ लाख सदस्य पुर्‍याउने अभियानसहित क्रान्तिकारी फोर्स घोषणा गरेको छ ।


प्रतिक्रिया

One thought on “पञ्चा सिंहको दाबी- मुलुकले चालक सीटमा प्रचण्ड खोजेको छ (भिडिओ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर