पर्यटनमन्त्री श्रेष्ठको भ्रमण रोक्न पूर्वसुरक्षाकर्मी परिषदको क्यानडालाई आग्रह (भिडिओ) – Nepal Press

पर्यटनमन्त्री श्रेष्ठको भ्रमण रोक्न पूर्वसुरक्षाकर्मी परिषदको क्यानडालाई आग्रह (भिडिओ)

काठमाडौं । पूर्वसुरक्षाकर्मी परिषद नेपालले सुरक्षागार्डलाई थुनाउने पर्यटनमन्त्री जीवनराम श्रेष्ठको भ्रमण रद्ध गर्न क्यानडा सरकारसँग आग्रह गरेको छ ।

सोमबार रिपोटर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा परिषद्का पदाधिकारीले मानव अधिकारको रक्षाका लागि भएपनि श्रेष्ठको क्यानडा भ्रमण रद्ध गरिनुपर्ने माग राखे ।

पर्यटनमन्त्री श्रेष्ठको निर्देशनपछि छायाँ सेन्टरका सुरक्षागार्ड शेरजङ गुरुङ अहिले प्रहरी हिरासतमा छन् । लाइनमा बस्नु्स् भन्दा मन्त्री श्रेष्ठले आफुलाई थुनाएको आरोप गुरुङको छ ।

क्यानडामा आयोजना हुने एक कार्यक्रममा सहभागी हुन जानका लागि मन्त्री श्रेष्ठ श्रीमतीसहित भिषाका लागि छाया सेन्टरस्थित भीएफएस भिषा सेन्टरमा शुक्रबार पुगेका थिए । परिषदले मन्त्री श्रेष्ठमाथी कारबाही र मन्त्रीबाट फिर्ता बोलाउन पनि उनी आबद्ध पार्टीसँग माग गरेको छ ।


प्रतिक्रिया

8 thoughts on “पर्यटनमन्त्री श्रेष्ठको भ्रमण रोक्न पूर्वसुरक्षाकर्मी परिषदको क्यानडालाई आग्रह (भिडिओ)

  1. नियम पालना गराउन आफ्नो कर्तव्य पालना गरिरहेको सुरक्षाकर्मिलाई आफ्नो ओहदाको धाक रवाफ देखाएर थुनाउने सम्मको हर्कत गर्ने यो खान आएको खान पठाइएको जिवनराम भन्ने मन्त्रीलाई तुरुन्तै बर्खास्त गरियोस। सम्पुर्ण न्यायप्रेमी जनता र गुरुङ समुदायले पनि एस पार्टी भन्नेलाई बहिष्कार गरौँ ।

  2. पर्यटन मन्त्रीले नै यो भ्रमण रद्ध गर्नुपर्छ त्यहाँ रहेका कुटनैतिक व्यक्तिहरूले माफी नमाने सम्म जानू हुदैन गल्ती भन्दा पनि देशको मन्त्रीको बेइज्जत गरेको ले म कुन पार्टी र समर्थक भन्दा पनि म नेपाली नागरिक मेरो मन्त्रीको बेइज्जत गर्ने अधिकार कुनै बिदेशी कुटनैतिक वा उसको तलवमा बसेकालाई ।

  3. 🙈मानौं/नमानौं:पदको नभै पात्रको दोष हो।
    ———————————————–
    जुन देशमा सार्वजनिक पदमा बसेर अयोग्यहरु योग्य कहलिन्छन् त्यहाँ।आउने नतिजा यस्तै हो।
    जुन राज्यको हरेक निकायमा ब्याप्त छ।
    यस्ले देशकै बेइज्जत हुने देशले अपुरणीय क्षति र जनताले कष्टकर जीवन जिउन बाध्य हुनुपर्ने कारण बन्दै आएको छ।
    यसमा दोषी को ?

    1. 🙈मानौं/नमानौं:पदको नभै पात्रको दोष हो।
      ———————————————–
      जुन देशमा सार्वजनिक पदमा बसेर अयोग्यहरु योग्य कहलिन्छन् त्यहाँ।आउने नतिजा यस्तै हो।
      जुन राज्यको हरेक निकायमा ब्याप्त छ।
      यस्ले देशकै बेइज्जत हुने देशले अपुरणीय क्षति र जनताले कष्टकर जीवन जिउन बाध्य हुनुपर्ने कारण बन्दै आएको छ।
      यसमा दोषी को ?

  4. श्रीमती लिएर राज्यको पैसामा विदेश घुमौंला भनेर पार्टी फुटाएको । विरोध किन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *