झापा २ बाट एमालेका अग्नि खरेलसहित चारजना सिफारिस – Nepal Press

झापा २ बाट एमालेका अग्नि खरेलसहित चारजना सिफारिस

झापा । एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापामा एमालेबाट उम्मेदवार सिफारिसको क्रम अन्तिम चरणमा पुगेको छ । अध्यक्ष ओली झापा ५ र रविन कोइराला झापा १ बाट सर्वसम्मत सिफारिस हुँदा २ नम्बर क्षेत्रमा अग्नि खरेलसहित ४ जना सिफारिस भएका छन् ।

पूर्व महान्यायाधिवक्ता तथा पूर्व कानूनमन्त्री खरेलसहित क्षेत्र नम्बर २ बाट स्थायी कमिटी सदस्य देवराज घिमिरे, वर्तमान सांसद पवित्रा निरौला खरेल र बिर्तामोड नगरपालिकाका पूर्वमेयर धुव्र शिवाकोटी सिफारिस भएका छन् ।

एमाले स्थायी कमिटी सदस्य खरेल हाल झापा जिल्ला इन्चार्जसमेत छन् । महान्यायाधिवक्ताबाट राजीनामा दिएर उनी झापाको भूगोलमा केन्द्रित भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर