थुनामा रहेका कमेडियन अपूर्वको मुद्दा जिल्ला प्रशासनमा पेस गरिँदै – Nepal Press

थुनामा रहेका कमेडियन अपूर्वको मुद्दा जिल्ला प्रशासनमा पेस गरिँदै

काठमाडौं । नेवारी समुदायको संस्कृतिमाथि चोट पुर्‍याएको भन्दै पक्राउ परेका कमेडियन अपूर्व क्षितिज सिंहको मुद्दा सोमबार बुझाउने तयारी भएको छ ।

काठमाडौं प्रहरी स्रोतका अनुसार जिल्ला सरकारी वकिल कार्यालयमार्फत प्रमुख जिल्ला अधिकारीसमक्ष मुद्दा पेश गर्ने तयारी भएको छ । जाहेरी दिएका नेवारी समुदायका अभियन्ता अपूर्वलाई प्रहरी हिरासतबाट निकाल्न लागि परेपछि अनुसन्धान प्रतिवेदन पेस गर्न लागिएको हो । प्रमुख जिल्ला अधिकारीले अपूर्वलाई तारेखमा छाड्ने आदेश दिन सक्नेछन् ।

अपूर्व भदौ १२ गते पक्राउ परेका थिए । मुलुकी अपराध संहिता २०७४ को दफा १६५ मा व्यवस्था रहेको सामाजकि रीतिस्थितिमा खलल पार्न नहुने कसुरअन्तर्गत अपूर्वलाई १० दिन म्याद लिएर अनुसन्धान सुरु भएको थियो ।

यो कसुरमा एक वर्षसम्म कैद वा १० हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजायको कानुनी प्रावधान छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *