हिँडिरहेका बेला चट्याङ लागेर कञ्चनपुरमा एक दम्पतीको मृत्यु – Nepal Press

हिँडिरहेका बेला चट्याङ लागेर कञ्चनपुरमा एक दम्पतीको मृत्यु

कैलाली । कञ्चनपुरमा चट्याङ लागेर एक दम्पतीको मृत्यु भएको छ । आइतबार अपरान्ह चट्याङ लागेर घाइते भएका कृष्णपुर नगरपालिका–७ का २२ वर्षीय दिपक राना र उनकी श्रीमती २० वर्षीया मन्त्रा रानाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कंचनपुरले जानकारी दिएको छ ।

बाटोमा हिँडिरहेका बेला चट्याङ लागेर दुवै जना घाइते भएका थिए । उपचारका लागि धनगढीको सेती प्रादेशिक अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *