चुनावी घोषणापत्रका लागि एमालेले माग्यो शुभेच्छुकसँग सुझाव – Nepal Press

चुनावी घोषणापत्रका लागि एमालेले माग्यो शुभेच्छुकसँग सुझाव

काठमाडौं । नेकपा एमालेले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन घोषणापत्रमा समावेशका लागि सुझाव मागेको छ ।

अध्यक्ष केपी ओलीको नेतृत्वमा गठित ‘घोषणा पत्र मस्यौदा कमिटी’ ले घोषणापत्रमा समावेश गरिने विषयवस्तुका सन्दर्भमा समग्र पार्टी पङ्तीलाई १५ भदौसम्म सुझाव दिन आह्वान गरेको थियो ।

पार्टीका सबै निकाय तथा कमिटीहरू, विभागहरू, पार्टीसम्बद्ध जनसंगठन र पार्टीका नेताकार्यकर्तालाई दिइएको समय सकिएको छ । अधिकांश विभाग र जनसंगठनहरूले आ-आफ्नो सुझावसमेत दिइसकेका छन् ।

एमालेले पार्टी कमिटीबाहिर रहेका एमालेका मित्र तथा शुभेच्छुकहरू र आम जनसाधारणहरूसँग पनि सुझावको आह्वान गरेको छ ।

एमालेप्रति सद्भाव राख्ने जोकोहीले पनि एमालेले आगामी निर्वाचनमा विजयी भएपछि गर्नुपर्ने कामको सुझाव दिन चाहेमा २५ भदौभित्र पार्टी केन्द्रीय कार्यालयमा उपलब्ध गराइदिन भनिएको छ ।

सुझावका लागि पार्टीको केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीलाई सम्पर्क व्यक्ति तोकिएको छ भने इमेलमार्फत सुझाव पठाउन चाहनेहरूले [email protected] मा आफ्ना सुझाव पठाउन सक्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर