सान्चोको निर्णायक गोलमा युनाइटेडको जित
![](https://www.nepalpress.com/wp-content/uploads/2020/11/nepalpress-logo-n.png)
२०७९ भदौ १७ गते १०:१८
![](https://www.nepalpress.com/wp-content/uploads/2022/09/sancho-e1662093203746.jpg)
काठमाडौं । जोडन सान्चोको निर्णायक गोलप्रेरित म्यानचेस्टर युनाइटेडले इङ्लिस प्रिमियर लिगमा बुधबार राति लगातार तेस्रो जित निकालेको छ ।
लेस्टर सिटीमाथि १–० को जितसँगै युनाइटेड तालिकाको पाँचौ स्थानमा उक्लिएको हो । पहिलो दुई खेलमा हार बेहोर्दै प्रिमियर लिगको खराव सुरुवात गरेको युनाइटेडले त्यसपछिका तीनै खेलमा जित निकालेको छ ।
लेस्टरको मैदान किङ्ग पावर रंगशालामा २३औं मिनेटमा मार्कुस रासफोर्डको पासलाई सान्चोले पोष्टको दिशा दिएका थिए ।
यही गोल युनाइटेडको जितमा पर्याप्त बन्यो । युनाइटेडले पाँच खेलबाट ९ अंक जोडेको छ । यस्तै, समान खेल खेलेको लेस्टर एक अंकसहित तालिकाको पुछारमा छ ।
प्रतिक्रिया
सम्बन्धित खवर