समितिको वैधानिक हैसियतमाथि चोलेन्द्रले उठाए प्रश्न, यस्तो थियो आजको सवाल-जवाफ (भिडिओ) – Nepal Press

समितिको वैधानिक हैसियतमाथि चोलेन्द्रले उठाए प्रश्न, यस्तो थियो आजको सवाल-जवाफ (भिडिओ)

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले संसदको महाअभियोग सिफारिस समितिको हैसियतमाथि नै प्रश्न उठाएका छन् ।

आज दोस्रो दिन बयान दिने क्रममा उनले महाअभियोगमा प्रस्तावक रहेका सांसद छानबिन समितिमा रहनु न्यायोचित नभएको भन्दै समितिको औचित्यमाथि प्रश्न उठाए ।

आज करिब २ घण्टा चलेको बयानमा राणालाई दुई वटा प्रश्न सोधिएको थियो । शक्ति सन्तुलन कायम गर्न नसकेको तथा न्याय सम्पादन भ्रष्टाचारकेन्द्रित भएर गरेको आरोपमाथि आज सवालजवाफ भएको समिति सदस्यले बताएका छन् ।

राणाले उल्टै समिति सदस्यहरूलाई प्रतिप्रश्न गरेका छन् । समिति सदस्य कांग्रेस सांसद मीन विश्वकर्माले आफूमाथि सबैभन्दा ठूलो अभियोग लागेका अभियुक्तले आफ्नो बचाउका लागि गरिने प्रयासका लागि जे पनि व्यक्त गर्नसक्ने र त्यसमा आपत्ति मान्नुपर्ने कुनै कारण नरहेको सञ्चारकर्मीलाई बताएका छन् ।

माओवादी केन्द्रकी सांसद रेखा शर्माले समितिको प्रक्रियाका बारेमा नै प्रश्न उठाएकोमा संविधानअनुसार नै समिति गठन भएको र सदस्यहरू प्रष्टोक्ति दिएको बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर