केन्यासँगको एकदिवसीय खेलमा कप्तानको जिम्मेवारी रोहितलाई, सन्दीप सीपीएल खेल्न जाने – Nepal Press

केन्यासँगको एकदिवसीय खेलमा कप्तानको जिम्मेवारी रोहितलाई, सन्दीप सीपीएल खेल्न जाने

काठमाडौं । केन्यासँगको एकदिवसीय खेलको कप्तानी रोहित पौडेलले गर्ने भएका छन् । कप्तान सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिज जाने भएसँगै रोहितले नेपालको कप्तानी गर्ने नेपाल क्रिकेट संघ(क्यान)का कार्यवाहक सचिव प्रशान्तविक्रम मल्ले नेपाल प्रेससँग भने ।

‘केन्यासँगको सिरिज खेल्न जाने बेलामा नै टी–२० का खेलपछि सन्दीप वेस्ट इन्डिज जाने निश्चित थियो । त्यसैले एकदिवसीयमा भने नेपाको कप्तान रोहित रहनेछन्,’ उनले भने ।

नेपालले केन्यासँग ५ खेलको टी–२० शृङखलामा ३ खेल जित्दै मंगलबार उपाधि जितेको थियो । अब नेपालले तीन खेलको एकदिवसीय श्रृङखला खेल्नेछ । एकदिवसीय खेल शुक्रबारबाट सुरु हुनेछ ।

केन्याले एकदिवसीय मान्यता नपाएका कारण नेपालले केन्यासँग खेल्ने एकदिवसीय खेल नामिबियामा आयोजना हुने आईसीसी लिग–२ का लागि अभ्यासको रुपमा हुनेछ ।

३१ अगस्टदेखि सेप्टेम्बर ३० सम्म आयोजना हुने प्रतियोगितामा सन्दीप जमैका तल्लाजावजमा आवद्ध छन् । अघिल्लो संस्करण ट्रिनबागो नाइटराइडर्समा अनुबन्ध भएपनि राष्ट्रिय टिमको खेल भएकाले उनले सीपीएल गुमाएका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर