एकीकृत समाजवादीका युवाले सुरु गरे मेची महाकाली अभियान – Nepal Press

एकीकृत समाजवादीका युवाले सुरु गरे मेची महाकाली अभियान

काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालको चुनाव केन्द्रीत महाकाली मेची अभियान वुधबारबाट सुरु भएको छ ।

भदौ २४ गतेसम्म चल्ने अभियानको पार्टी कार्यालय तीनकुनेमा अध्यक्ष माधव नेपालले नेपालको झण्डा र पार्टीको झण्डा हस्तान्तरण गरेर शुभारम्भ गरेका हुन् ।

जनतामा सकारात्मक सन्देश प्रवाह गर्दै राजनीति प्रति उत्साह बढाउने, युवा पलायनलाई रोक्ने तथा भ्रष्टाचारविरुद्ध आवाज उठाउने र समाजवादी यात्रामा आम जनसमुदायलाई लामबद्ध हुन प्रेरित गर्ने सन्देश प्रवाहको लागि अभियान सुरु गरिएको समाजवादीले जनाएको छ ।

अभियानको उद्घाटन गर्दै पार्टी अध्यक्ष नेपालले स्थानीय तहमा दिएको मतका लागि जनतालाई धन्यवाद दिनुपर्ने र आगामी निर्वाचनमा पनि साथ दिन आग्रह गरे । उनले सिट बाँडफाँटमा तलमाथि भए मान्य नहुने स्पष्ट पारे । फाइदा हुने भएमात्रै गठबन्धन हुने भन्दै फाइदा नभए कसैको भर्याङमात्र नहुने उनको भनाई छ ।

भ्रष्टाचार र अनियमितताको आधार, भड्किलो र खर्चिलो उम्मेदवार बहिष्कार भन्ने नाराका साथ युवा संघले अभियान सञ्चालन गरेको हो । महाकालीबाट यात्रा सुरु गर्ने र मेचीमा पुगेर टुंगिने युवा संघले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर