माधवको चेतावनी- गठबन्धनमा अपमान सैह्य छैन, अरुको भर्‍याङमात्र हुन चाहन्नौं (भिडिओ) – Nepal Press

माधवको चेतावनी- गठबन्धनमा अपमान सैह्य छैन, अरुको भर्‍याङमात्र हुन चाहन्नौं (भिडिओ)

‘जम्मै सीट आफू लिएर उब्रेको हामीलाई दिने कुरा स्वीकार्य हुन्न, बरु एक्लै लड्छौं’

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनमा आफूहरूलाई अपमान गर्न खोजिएको भन्दै फाइदा नहुने गठबन्धन गरेर कसैको निम्ति भर्‍याङमात्र नहुने प्रष्ट पारेका छन् ।

पार्टीनिकट युवासंघको मेची महाकाली अभियानको बुधबार राजधानीमा आरम्भ गर्दै अध्यक्ष नेपालले राष्ट्रिय राजनीतिमा आफूहरूले खेलेको भूमिकाको अवमूल्यन गर्न खोजिएको बताए । नेपालले राष्ट्रिय राजनीतिमा आफूहरुले लगाएको गुन बिर्सन नहुने बताए ।

नेपालले भने, जम्मै सीट आफूले लिने, उब्रेको हामीलाई दिने स्वीकार्य हुन्न । कतिपय ठाएँबाट साथीहरू एक्लै भने पनि लड्न तयार छौं भनिरहनुभएको छ । हाम्रो अपमान गर्ने काम गठबन्धनबाटै भइरहेको छ । फाइदा हुन्छ भने गठबन्धन हुन्छ, फाइदै हुँदैन भने अरुको भर्‍याङ हुन चाहँदैनौं ।

अध्यक्ष नेपालले नेकपा एसको शक्तिलाई कमजोर नठान्न समेत चेतावनी दिए ।


प्रतिक्रिया

One thought on “माधवको चेतावनी- गठबन्धनमा अपमान सैह्य छैन, अरुको भर्‍याङमात्र हुन चाहन्नौं (भिडिओ)

  1. कुनै दिन बाटोमा रुँदै हिडेको माधवलाई जनताले सोध्नेछन। के भयो नेताज्यू ? माधवले रुँदै भन्नेछन गठबन्धनले हेप्यो, ओलि पनि नआइज भन्छ। हुँ…. हुँ……। जनताले भन्नेछन् दलालहरू, स्वाभिमान नभएकाहरूको अन्त यस्तै हुन्छ र हुनुपर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर