राष्ट्रपति भेट्न देउवासहित कांग्रेस पदाधिकारीहरू शीतल निवास जाँदै – Nepal Press

राष्ट्रपति भेट्न देउवासहित कांग्रेस पदाधिकारीहरू शीतल निवास जाँदै

काठमाडौं । सत्तागठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसको पदाधिकारी टोलीले आज राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्दैछ ।

राष्ट्रपतिबाट फिर्ता नागरिकता विधेयक प्रतिनिधिसभाबाट हुबहु पारित भई राष्ट्रियसभाको विधायन समितिमा छलफल सुरू भएकै दिन कांग्रेस पदाधिकारीले राष्ट्रपतिलाई भेट्न लागेका हुन् ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वमा उपसभापति पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मासहितको टोली सोमबार दिउँसो २ बजे शीतल निवास जान लागेको कांग्रेसनिकट स्रोतले बतायो ।

बालुवाटार स्रोतका अनुसार नागरिकता विधेयक प्रमाणीकरणका लागि कांग्रेस टोलीले राष्ट्रपति भण्डारीलाई आग्रह गर्नेछ । नागरिकता विधेयककै कारण निर्वाचनको माहोल नबढेको निष्कर्षसहित कांग्रेसले राष्ट्रपतिलाई भेटेरै यसबारे छलफल गर्न लागेको स्रोतले बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *