राष्ट्रपतिको भेटघाटबारे योगेशको प्रश्न- रामवरणले गर्दा ठीक, अहिले किन बेठीक ? – Nepal Press

राष्ट्रपतिको भेटघाटबारे योगेशको प्रश्न- रामवरणले गर्दा ठीक, अहिले किन बेठीक ?

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले राष्ट्रपतिको पछिल्लो भेटघाट र छलफलको विषयमा भइरहेका टिप्पणीको विरोध गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले पूर्व राष्ट्रपति रामवरण यादवको दर्जनौं भेटघाटमा भाग लिएका व्यक्तिहरू नै त्यही काम वर्तमान राष्ट्रपतिले गर्दा अनावश्यक सक्रियता भन्दै दोहोरो चरित्र देखाएको टिप्पणी गरेका छन् ।

‘तत्कालीन राष्ट्रपति रामवरण यादवले आयोजना गर्नुभएका दर्जनौं औपचारिक तथा अनौपचारिक भेटघाट र छलफलमा भाग लिएका वरिष्ठ व्यक्तिहरू त्यही काम वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले गर्दा राष्ट्रपतिको अनावश्यक सक्रियता भनी टिप्पणी गर्छन् । दोहोरो चरित्र’, भट्टराईले लेखेका छन्, ‘राष्ट्रपतिको यो काम हिजो पनि ठीक थियो र आज पनि ठीक छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर