क्रिकेट अवार्ड भदौ २४ मा, यी पाँच विधामा वितरण गरिने (भिडिओ) – Nepal Press

क्रिकेट अवार्ड भदौ २४ मा, यी पाँच विधामा वितरण गरिने (भिडिओ)

काठमाडौं । क्रिकेट खेलाडी संघ नेपाल (सीप्यान) ले आयोजना गर्दै आएको क्रिकेट अवार्ड यस वर्ष भदौ २४ गते हुने भएको छ ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सीप्यानले भदौ २४ गते काठमाडौंमा एक समारोहको आयोजना गरेर पाँच विधामा अवार्ड वितरण गरिने जनाएको हो ।

आयोजकले यस वर्ष विभिन्न ५ विधामा अवार्ड वितरण गरिने जनाएको छ । यस वर्ष वर्ष क्रिकेट खेलाडी पुरुष, वर्ष क्रिकेट खेलाडी महिला, वर्ष उदयीमान क्रिकेट खेलाडी, वर्ष उत्कृष्ट क्षण र विशेष अवार्ड गरी ५ विधामा पुरस्कार वितरण गरिने क्रिकेट खेलाडी संघ नेपालका महासचिव पारस खड्काले जानकारी दिए ।

वर्ष पुरुष खेलाडी र महिला खेलाडीले अवार्डसहित जनही १ लाख ३२ हजार रुपैयाँ, वर्ष उदीयमान खेलाडीले ६६ हजार, वर्ष उत्कृष्ट क्षणले भोटिङका आधारमा ६६ हजार र विशेष अवार्ड विजेताले १ लाख ३२ हजार रुपैयाँ प्राप्त गर्ने उनले बताए ।

त्यस्तै, प्राविधिक समिति गठन गरेर तोकिएको मापदण्डका आधारमा खेलाडी छनोट गरिने सीप्यानका अध्यक्ष मनिष राज पाण्डेले जानकारी दिएका छन् । अवार्ड विजेताको नाम छनोट गर्नका लागि ५ जनाको प्राविधिक कमिटि गठन गरिने आयोजकले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर