‘प्रेमगीत ३’ को जुविन नौटियालको स्वर रहेको गीतको भिडिओ रिलिज (भिडिओ) – Nepal Press

‘प्रेमगीत ३’ को जुविन नौटियालको स्वर रहेको गीतको भिडिओ रिलिज (भिडिओ)

काठमाडौं । हिन्दी र नेपाली दुवै भाषामा रिलिज हुन लागेको नेपाली चलचित्र ‘प्रेमगीत ३’को हिन्दी संस्करणमा तयार पारिएको ‘कोई ना कोई नाता हे मेरा तुज्से’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

जुविन नौटियालको स्वर, पवनदिप राजनको संगीत र रुवी फुलारा तथा सुभाष कालेको शब्द रहेको गीतमा प्रदीप खड्का र क्रिस्टिना गुरुङ फिचर्ड छन् ।

जी म्युजिकबाट साझा भएको हिन्दी संस्करणको सो भिडियोले सार्वजनिक भएको केही समयदेखि नै दर्शकबाट राम्रो प्रतिक्रिया बटुलिरहेको छ । गीतमा अडियो र भिडियोलाई दमदार रुपमा प्रस्तुत गरिएको छ । चलचित्र हिन्दीमा डब हुने भएकाले पनि दर्शकको यो चलचित्रप्रति रुचि बढेको दख्न सकिन्छ ।

असोज ७ गतेबाट नेपाल र भारतमा एकैसाथ रिलिज हुने तयारीमा रहेको चलचित्रलाई स्वर्गीय छेतेन गुरुङ र सन्तोष सेनको निर्देशन गरेका हुन् । सेन चलचित्रमा निर्माता पनि हुन् । हिन्दी भाषामा भने चलचित्रलाई सुभाष काले, प्रशान्त कुमार गुप्ता, मुरली टिलवानी, सन्तोष सेन र सुष्मा शिरोमणीले निर्माण गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर