विद्युतीय गाडीको आयात बढ्यो, १ महिनामा ६२ करोडको आयात – Nepal Press

विद्युतीय गाडीको आयात बढ्यो, १ महिनामा ६२ करोडको आयात

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थबाट सञ्चालन हुने सवारी साधनको आयात रोकेपछि विद्युतीय गाडीको आयात वृद्धि भएको छ । चालू आवको पहिलो महिनामा नै २११ वटा विद्युतीय गाडी भित्रिएका छन् । सरकारले पहिलो महिनामा २१ करोड विद्युतीय गाडीबाट भन्सार उठाएको छ ।

अघिल्लो वर्षको साउनमा १०५ वटा मात्रै विद्युतीय गाडी आयात भएको थियो । अघिल्लो आर्थिक वर्षमा १८ सय भन्दा धेरै विद्युतीय गाडी आयात भएको थियो ।

मोटरसाइकलको आयात घट्यो

चालू आवको पहिलो महिनामा मोटरसाइकलको आयात पनि घटेको छ । पहिलो महिनामा १८ हजार ७ सय २४ मोटरसाइकल तथा स्कुटर आयात भएका छन् ।

अघिल्लो आवको सोही अवधिमा ३० हजार ८ सय २१ वटा मोटरसाइकल तथा स्कुटर आयात भएको थियो । यस अवधिमा कूल एक खर्ब ४६ अर्ब नौ करोड ५७ लाख बराबरको वैदेशिक व्यापार भएको छ ।

विसं २०७८ को साउनमा एक खर्ब ७१ अर्ब ४९ करोड ६८ लाख बराबरको वैदेशिक व्यापार गरेको थियो । विभागका अनुसार वस्तु आयातबाट ३१ अर्ब ९६ करोड १६ लाख बराबरको राजस्व सङ्कलन भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर