महँगो बन्यो चेल्सीलाई प्रशिक्षक टुचेलमाथिको प्रतिबन्ध, लिड्ससँग ३-० गोलले पराजित – Nepal Press

महँगो बन्यो चेल्सीलाई प्रशिक्षक टुचेलमाथिको प्रतिबन्ध, लिड्ससँग ३-० गोलले पराजित

लन्डन । इङ्लिस प्रिमियर लिग फुटबलमा आइतबार साँझ चेल्सीले अप्रत्याशित हार व्यहोरेको छ । लिड्सले चेल्सीलाई ३–० गोलले पराजित गर्‍यो ।

घरेलु मैदानमा भएको खेलमा लिड्सका ब्रेन्डन आरोनसन, रोड्रिगो र ज्याक ह्यारिसनले एक एक गोल गरे । २१ वर्षीय मिडफिल्डर आरोनसनले ३३ औँ मिनेटमा घरेलु टोलीलाई अग्रता दिलाएका थिए । रोड्रिगोले पाँच मिनेटलगत्तै ह्यारिसनको पासमा गोल गर्दै अग्रता दोब्बर बनाए ।

ह्यारिसनले ६९ औँ मिनेटमा रोड्रिगोको पासमा गोल गर्दै लिड्सलाई ३–० गोलले अगाडि बढाएका थिए । डिफेन्डर कालिदौउ कौलीबालीले दोहोरो पहेँलो कार्डका कारण मैदान छाड्नु परेपछि चेल्सीले ८५ औँ मिनेटपछि १० खेलाडी भएर मात्र खेलेको थियो ।

लिड्सले तीन खेलबाट ७ अंक जोडेको छ । चेल्सीले ३ खेलमा ४ अंक मात्र जोडेको छ । पहिलो खेल जितेको चेल्सीले दोस्रो खेलमा टोट्टनहामसँग २–२ गोलको बराबरी खेलेको थियो ।

त्यस खेलपछि टोट्नहामका प्रशिक्षक एन्टोनियो कोन्टेसँग हात मिलाउँदा झड्काएपछि चेल्सीका प्रशिक्षक थोमस टुचेलले लिड्सविरुद्ध प्रतिबन्ध पाएका थिए ।

उनलाई ३५ हजार पाउन्ड जरिवाना पनि भएको थियो। चेल्सीले सन् २०१६–१७ यता घरेलु लिगको उपाधि जित्न सकेको छैन ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर