आज पनि नेप्सेमा सुधार – Nepal Press

आज पनि नेप्सेमा सुधार

काठमाडौं । साउन लागेयता सुधारिएको सेयर बजारले आज पनि निरन्तरता पाएको छ ।

आज नेप्से १६.२० अंकले बढेर २०४५.६३ विन्दुमा रोकियो । हिजोभन्दा कारोबार पनि बढेको छ । आज २१३ कम्पनीको २ अर्ब २९ करोड रूपैयाँ भन्दा बढीको कारोबार भयो ।

आज सबै समूहमा हरियाली छायो । इमर्जिङ नेपालको सेयर मूल्य ८ प्रतिशतले बढेको छ । अरु तीन वटा कम्पनीको सेयर मूल्य ५ प्रतिशतभन्दा माथि छ । ७ वटा कम्पनीको सेयर मूल्य ४ प्रतिशतभन्दा धेरैले बढेको छ ।

नयाँ आर्थिक वर्षसँगै सेयर बजारमा आशा देखिएको छ । लगानीकर्ताहरू मौद्रिक नीतिको पर्खाइमा रहेकाले अबको बजार कता जान्छ भन्ने विषयको निर्धारण भने मौद्रिक नीतिले गर्ने जानकारहरूको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर