विभूषणका नाममा सरकारको करोडौं खर्च, २७४ पदक अलपत्र – Nepal Press

विभूषणका नाममा सरकारको करोडौं खर्च, २७४ पदक अलपत्र

काठमाडौं । सरकारले वर्सेनि प्रदान गर्दै आएको विभिन्न मानपदवीका लागि करोडौ रूपैयाँ खर्च हुने गरेको तथ्य सार्वजनिक भएको छ । महालेखा परीक्षकको हालै सार्वजनिक प्रतिवेदनले समाजको विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएकालाई प्रदान हुने अधिकांश विभूषण अलपत्र अवस्थामा भएको औंल्याएको छ ।

२४ करोड ४१ लख ९३ हजार रूपैयाँ खर्च भएको विभूषण लिन पदक पाएका २७४ जना गएका छैनन् ।

विभूषणकै लागि सरकारले आर्थिक वर्ष २०७५/७६ मा ५ करोड ५९ लाख ७७ हजार, २०७६/७७ मा ८ करोड ५० लाख, २०७७/७८ मा १० करोड २२ लाख १६ हजार रूपैयाँ खर्च भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । विभूषणमा वर्षैपिच्छे लागत बढ्दै गएको भन्दै प्रतिवेदनले विभूषित हुनेको संख्या यकिन गरेर मात्र खर्च गर्न सुझाएको छ ।

विभूषण ऐन २०६४ अनुसार ४ प्रकारका १२ श्रेणीका मानपदवी, ९ प्रकारको अलंकार र १३ प्रकारका पदकबाट विभिन्न क्षेत्रमा योगदान पुर्‍याउनेलाई विभूषण गर्ने सरकारले निर्णय गर्छ । सोही अनुसार राष्ट्रपतिबाट विभूषित हुन्छन् ।

पछिल्लोपटक आर्थिक वर्ष २०७८/७९ मा सरकारले ८ सय ८७ जनालाई विभूषित गर्ने निर्णय गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर