१ लाख राख्दा १० लाखसम्म पाउने एनआईसी एशिया बैंकको सर्वश्रेष्ठ खाता निरन्तर – Nepal Press

१ लाख राख्दा १० लाखसम्म पाउने एनआईसी एशिया बैंकको सर्वश्रेष्ठ खाता निरन्तर

काठमाडौं । १ लाख राख्दा १० लाखसम्म पाउने एनआईसी एशिया बैंकको सर्वश्रेष्ठ खाता निरन्तर दिने भएको छ ।

एनआईसी एशिया बैंकले २०७९ असार १२ देखि असारमसान्तसम्मको लागि निक्षेपको १० गुणासम्म प्राप्त हुने ‘एनआईसी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ ल्याएको थियो ।

व्यक्तिगत, संस्थागत एवं रेमिटेन्स ग्राहकलाई लक्षित गरेर ल्याइएको यस योजनामा देश विभिन्न संस्थाहरूले देखाएको सहभागीता, रुची एवं चासोको कारणले निन्तरता दिएको हो ।

आम जनमानसको बैंकिङ्ग आवश्यकता, चाहना तथा अपेक्षालाई समुचित पहिचान गरी तथा बजारको सूक्ष्म रुपको अध्ययन तथा विश्लेषण गरी आफ्ना निक्षेप योजनाहरूलाई सोही अनुरुप थप ग्राहकमैत्री एवं प्रभावकारी बनाउन बैंकले यो योजनालाई निरन्तरता दिने निर्णय गरेको हो ।

यस योजनामा निक्षेपकर्ताले ५ वर्ष १० महिना देखि १९ वर्ष १० महिनासम्म मुद्दती खातामा रकमजम्मा गरे अनुुसार दुई गुणा देखि १० गुणासम्म निक्षेप रकम फिर्ता पाउने छन् । भने, आफूले निक्षेप गरेको रकम र पाकेको ब्याज गरी कुल रकमको ८० प्रतिशत बराबर कर्जा समेत लिन सक्ने छन् ।

योजनाको विभिन्न प्रकारहरूलाई निम्नानुसार तालिकामा देखाइएको छ ः


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर