गभर्नर अधिकारीको राजीनामा माग्दै नेबिसंघ र अखिल(क्रान्तिकारी)ले बालुवाटार घेराउ गर्ने – Nepal Press

गभर्नर अधिकारीको राजीनामा माग्दै नेबिसंघ र अखिल(क्रान्तिकारी)ले बालुवाटार घेराउ गर्ने

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्र निकट विद्यार्थी संगठनहरु नेविसंघ र अखिल(क्रान्तिकारी)ले गभर्नर महाप्रसाद अधिकारीको राजीनामाको माग गर्दै घेराउ र विरोध प्रदर्शन गर्ने भएका छन् ।

दलिय सलंग्नता र शैक्षिक योग्यता समेतका बिषयहरुमा प्रश्न उठेको भन्दै यूवा विद्यार्थी संगठनहरु केही दिन यता आन्दोलित रहेकोमा नेबिसंघ र अखिल(क्रान्तिकारी)ले घेराउ र विरोध प्रदर्शन गर्न लागेका हुन् ।

आइतबार बिहान १० बजे बालुवाटार ३ नम्बर गेटसँगै रहेको नेपाल रास्ट्र बैकको गेटमा जम्मा भई गभर्नर अधिकारीलाई कार्यालय प्रवेशमा रोक लगाउने कार्यक्रम रहेको अखिल(क्रान्तिकारी)का उपाध्यक्ष जीपी मैनालीले जानकारी दिए ।

विरोध कार्यक्रमलाई नेबिसंघ अध्यक्ष डुजाङ शेर्पा र अखिल(क्रान्तिकारी)की अध्यक्ष पञ्चा सिंहले सम्बोधन गर्ने पनि मैनालीले बताए । गभर्नर अधिकारी नेकपा एमालेको अर्थ तथा योजना बिभागका सदस्य भएको सार्वजनिक भएसँगै अधिकारीको नियुक्ति बारे बहस र आलोचना शुरु भएको हो ।

अधिकारीको नियुक्ति राजनितिक संलग्नता नभएको स्वतन्त्र ब्यक्ति मात्र गभर्नर हुनसक्ने प्रावधान बिपरित भएको खुल्न आएको भएको भन्दै युवा विद्यार्थी संगठनहरुले विरोध चर्काएका हुन् ।

सरकारलाई दबाब बढाउने निति अनुरुप यसअघि शुक्रबार नेबिसंघले माइतीघरमा प्रदर्शन गरेको छ भने शनिबार वाइसिएल नेतृत्वको टोलीले गभर्नरलाई बर्खास्त गरि छानबिन अघि बढाउन प्रधानमन्त्रीलाई भेटेरै ज्ञापन पत्र बुझाएको छ ।


प्रतिक्रिया

One thought on “गभर्नर अधिकारीको राजीनामा माग्दै नेबिसंघ र अखिल(क्रान्तिकारी)ले बालुवाटार घेराउ गर्ने

  1. अहिले देश यिनै हत्यारा र लुटेराहरूले बर्बाद पारिरहेका छन् । यिनलाई प्रहरीकाे डण्डाले तह लगाउन सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर