दिल्लीमा प्रचण्ड र आरजु देउवाबीच भेटघाट – Nepal Press

दिल्लीमा प्रचण्ड र आरजु देउवाबीच भेटघाट

काठमाडौं । शुक्रबार दिल्ली पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस नेतृ आरजु देउवाबीच भेटघाट भएको छ ।

‘उपचारका लागि’ केही दिन अघि दिल्ली पुगेकी प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नीसमेत रहेकी कांग्रेस नेतृ देउवासँग प्रचण्डको शनिबार बिहान पुनः भेटघाट भएको हो ।

सो क्रममा भारतका लागि नेपाली राजदुत शंकर शर्मा र प्रचण्ड पुत्री गंगा दाहालको उपस्थिति रहेको थियो । शुक्रबार साँझ दुतावासमा आयोजना भएको रात्री भोजमा पनि प्रचण्ड र देउवाबीच भेटवार्ता भएको थियो ।

प्रचण्डले आजै भारतीय बिदेश मन्त्री एस जयशंकर र भारतीय सुरक्षा सल्लाहकार अजित डोभाललगायतसँग भेटवार्ता गर्दैछन ।

 


प्रतिक्रिया

One thought on “दिल्लीमा प्रचण्ड र आरजु देउवाबीच भेटघाट

  1. वास्तविक नेपाल हित को बिपरित काम भइरहेको छ यो सम्पूर्ण भेट र भिजिट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर