लम्किचुहा नगरपालिकाले ५२७ जना शिक्षकलाई चार महिनाको तलब दिएन – Nepal Press

लम्किचुहा नगरपालिकाले ५२७ जना शिक्षकलाई चार महिनाको तलब दिएन

कैलाली । कैलालीको लम्किचुहा नगरपालिकाले ५ सय २७ शिक्षकको पछिल्लो चौमासिकको तलब उपलब्ध नगराएको पाइएको छ । चालू आर्थिक वर्षकाे सकिनै लाग्दा पनि यहाँका ति शिक्षकले नगरपालिकाबाट पाउनुपर्ने चार महिनाको तलब नपाएका हुन् ।

‘हामीले पाउनुपर्ने रकम नगरपालिकाले समयमै उपलब्ध नगराएर फ्रिज गरिदिएको छ’ शिक्षक धर्मराज बजगाईँले भने ‘हामीले पटक पटक यस बिषयमा नगरपालिकालाई ध्यानाकर्षण गराएका छौँ । तर, अहिले सम्म बजेट निकासा भएको छैन ।’

पटक–पटक आन्दोलन गरेर अन्तिममा नगरप्रमुख सुशीला शाहीले सात दिन भित्र समस्याको समाधान गर्ने प्रतिबद्धता जनाएको उनले बताए । राहत, स्थायी र बालविकास कर्मचारी गरि ५ सय २७ शिक्षकले पारिश्रमिक नपाएको शिक्षकले गुनासो गरेका छन् ।

नगरपालिकाबाट ४ करोड ४१ लाख निकासा हुन नपाएको बजगाईँको भनाइ छ । संघीय सशर्त अनुदान काम भएको हुँदा समस्या भएको नगरपालिकाले जनाएको छ ।

लम्कि चुहा नगरपालिकाका शिक्षा शाखाका प्रमुख गौरीकान्त जोशीले करिब ३० लाख बजेट कम आएको हुँदा समस्या भएको बताए । लेखा शाखामा पर्याप्त बजेट भए पनि सबै शिक्षक र कर्मचारीलाई दिन पुग्ने रकम नभएकाले सबै रकम फ्रिज भएको हो । यस बिषयमा महालेखा नियन्त्रकको कार्यालयमा पत्र पठाइएको जनाकारी दिएका छन् ।

यसै बिच नागरिक उन्मुक्ति पार्टीले शिक्षकको पारिश्रमिक रोक्ने काम गलत रहेको जनाएको छ । तत्काल रोकिएको परिश्रमिक उपलब्ध गराउनसमेत एक विज्ञप्ति जारी गर्दै नागरिक उन्मुक्ति पार्टीले माग गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर