चिकित्सक संघद्वारा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐनको स्वागत (भिडिओ) – Nepal Press

चिकित्सक संघद्वारा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐनको स्वागत (भिडिओ)

काठमाडौं । नेपाल चिकित्सक संघले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐनको स्वागत गरेको छ ।

संघले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संसदबाट पारित स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐनले चिकित्सक, स्वास्थ्यकर्मीको सुरक्षाको व्यवस्था गरेको भन्दै स्वागत गरेको हो ।

संघले ऐन पारित भएसँगै नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य सेवालाई विधि र विधानबमोजिम कानूनसम्मत तवरबाट सञ्चालन गर्न सरकारसँग आग्रह गरेको छ ।

पत्रकार सम्मेलनमा संघका अध्यक्ष डा. लोचन कार्कीले ऐन निर्माणमा संघले दिएको सुझावलाई सरकारले मनन गर्नु सकारात्मक भएको बताए । उनले ऐन पास गर्न पहल गर्ने सम्पूर्णप्रति आभार व्यक्त गरे ।

पत्रकार सम्मेलनमा संघका पूर्वपदाधिकारीहरुले सरकारले ल्याएको नयाँ ऐनको कार्यान्वयन हुने विश्वास व्यक्त गरेका थिए । संघले नेपालका चिकित्सकहरुको सुरक्षा र स्वास्थ्य संस्था तथा अस्पतालहरुमा शान्ति सुरक्षा कायम राख्न अनेकौं प्रयासहरु जारी राखेको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर