कांग्रेस उपसभापति गुरुङको टिप्पणी- ‘श्रीखण्ड’ भनिएको प्रदेशलाई नेताहरूले ‘खुर्पाको बींड’ बनाउन लागे – Nepal Press

कांग्रेस उपसभापति गुरुङको टिप्पणी- ‘श्रीखण्ड’ भनिएको प्रदेशलाई नेताहरूले ‘खुर्पाको बींड’ बनाउन लागे

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले नेताहरूको व्यवहारले प्रदेश संरचना समस्यामा परेको बताएका छन् ।

ट्वीटरमा ‘चिन्नेलाई श्रीखण्ड, नचिन्नेलाई खुर्पाको बींड’ भन्ने उखानलाई उल्लेख गर्दै उनले जनताका लागि श्रीखण्ड भनिएको प्रदेश नेताहरूको व्यवहारले खुर्पाको बींड हुनलागेको टिप्पणी गरेका छन् ।

‘चिन्नेलाई श्रीखण्ड नचिन्नेलाई खुर्पाको बींड भन्थे हो रहेछ । प्रदेश जनताका लागि श्रीखण्ड नै होस् भन्ने चाहना राखेका थियौं’, उनले लेखेका छन्, ‘तर, हामी नेताहरूकै व्यवहारले प्रदेशहरुलाई खुर्पाकै बींड बनाउन लाग्यौं । मुलुकको दुर्भाग्य !’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर