राजापाक्षेलाई सिंगापुर लैजान निजी जेट मालदिभ्स पुग्यो
![](https://www.nepalpress.com/wp-content/uploads/2020/11/nepalpress-logo-n.png)
![](https://www.nepalpress.com/wp-content/uploads/2022/07/gotabaya-rajapakchya.jpg)
काठमाडौं । देश छोडेर भागेका श्रीलंकाली राष्ट्रपति गोटाबाया राजापाक्षेलाई सिंगापुर लैजान एउटा निजी जेट मालदिभ्स पुगेको छ ।
एक निजी जेट माल्दिभ्सको राजधानी मालेमा केही समयअघि अवतरण गरेको र राष्ट्रपति गोटाबाया राजापाक्षे सिंगापुरको लागि प्रस्थान गर्ने तयारीमा रहेको डेली मिररले जनाएको छ ।
राजापाक्षे, उनकी श्रीमती इओमा राजपाक्षे र दुई सुरक्षा अधिकारीहरु गत राति मालेबाट सिंगापुरका लागि सिंगापुर एयरलाइन्सको विमानमा चढ्ने तयारीमा थिए । तर, सुरक्षाको कारणले गर्दा निर्धारित समयमा उड्न नसकेको जनाइएको छ ।
त्यसपछि राजापाक्षेले माल्दिभ्स प्रस्थान गर्न निजी जेटको लागि अनुरोध गरेका थिए । माल्दिभ्सका अधिकारीहरूले राति अबेरसम्म छलफल सुरु गरेका थिए ।