माओवादी अध्यक्ष प्रचण्ड दिल्ली जाँदै, उच्चस्तरीय भेटवार्ता हुने – Nepal Press

माओवादी अध्यक्ष प्रचण्ड दिल्ली जाँदै, उच्चस्तरीय भेटवार्ता हुने

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आकस्मिक रुपमा भारत भ्रमणमा जाने भएका छन् ।

माओवादीका एक शीर्ष नेताका अनुसार अध्यक्ष प्रचण्ड सम्भवत शुक्रबार नै दिल्ली जाँदैछन् ।

भारतमा उनले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने काठमाडौंस्थित भारतीय दुतावास स्रोतले जनाएको छ ।

स्रोतका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि प्रचण्डको भेटवार्ताको चाजोपाँजो मिलाइँदैछ । यस भ्रमण बारे दुवै पक्षले औपचारिक जानकारी गराएका छैनन् ।

प्रचण्डको भारत भ्रमण अगाडि नै प्रधानमन्त्री पत्नी तथा कांग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवा पनि दिल्लीमा नै छन् । उनका छोरा जयविर देउवा पनि दिल्ली भ्रमणमा छन् ।


प्रतिक्रिया

One thought on “माओवादी अध्यक्ष प्रचण्ड दिल्ली जाँदै, उच्चस्तरीय भेटवार्ता हुने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर