स्कटल्यान्डविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्दै नेपाल – Nepal Press

स्कटल्यान्डविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्दै नेपाल

काठमाडौं । आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृङ्खलाको दोस्रो खेलमा नेपालले स्कटल्यान्डविरुद्ध टर जितेर पहिला फिल्डिङ गर्ने भएको छ ।

टिट वुड क्रिकेट स्टेडियममा केहिबेरमा सुरु हुने खेलका लागि नेपालका कप्तान सन्दीप लामिछानेको टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।

त्रिदेशीय शृङ्खला अन्तर्गत पहिलो खेलमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो ।

स्कटल्यान्डविरुद्धको खेलमा नेपालले कुनै परिवर्तन गरेको छैन ।

प्लेइङ ११ः सन्दीप लामिछाने (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, देव खनाल, रोहित पौडेल, दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, सोमपाल कामी, करण केसी, आदिल अन्सरि, बसिर अहमद


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर