श्रीलंकामा संकटकाल घोषणा – Nepal Press

श्रीलंकामा संकटकाल घोषणा

काठमाडौं । चरम आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपाक्षे परिवारसहित देश छोडेर भागेपछि श्रीलंकामा अनिश्चितकालका लागि संकटकाल घोषणा गरिएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएअनुसार श्रीलंकाली प्रधानमन्त्रीको कार्यालयले एक विज्ञप्ति जारी गर्दै देशमा संकटकाल घोषणा गरेको हो । मिडिया रिपोर्टमा उल्लेख भएअनुसार देशको पश्चिमी प्रान्तमा कर्फ्यु आदेशसमेत जारी गरिएको छ ।

देशलाई आर्थिक संकटमा पुराउन राजापाक्षे परिवार नै मुख्य कारक तत्व रहेको भन्दै आक्रोशित रहेका आम श्रीलंकाली नागरिकहरुले गत शनिबार राष्ट्रपतिको निवास कब्जा गरी राष्ट्रपतिले राजीनामा नदिएसम्म निवास नछोड्ने घोषणा गरेका थिए ।

प्रदर्शन तीव्र बनेपछि गोटाबायाले आज (बुधबार) राजीनामा दिने बताइएको थियो । यद्यपि गोटाबायाले राजीनामा नदिई हाल माल्दिभ्स पुगेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *