अर्थमन्त्रीमाथि छानबिन प्रकरण : विशेष समितिले मन्त्रालयसँग माग्यो सीसीटिभी फुटेज – Nepal Press

अर्थमन्त्रीमाथि छानबिन प्रकरण : विशेष समितिले मन्त्रालयसँग माग्यो सीसीटिभी फुटेज

काठमाडौं । करको दर हेरफेर गरिएको भनिएको विषयमा छानबिन गर्न गठित संसदीय विशेष समितिले अर्थ मन्त्रालयसँग माग्यो सीसीटिभी फुटेजसहित अन्य कागजातहरू माग गरेको छ ।

मङ्गलवार सिंहदरबारमा बसेको समितिको पहिलो बैठकले बजेट निर्माणका क्रममा भएको भनिएको करको दर हेरफेरका सम्बन्धमा अध्ययन गर्न बजेट निर्माणको बेलाको सीसीटिभी फुटेज माग गर्ने निर्णय गरेको हो ।

समितिका सचिव सुरेन्द्र अर्यालका अनुसार सीसीटिभी फुटेजसहित अन्य आवश्यक कागजात समेत माग गर्ने निर्णय भएको छ । समितिको निर्णय अनुसार समिति सचिवालयले अर्थ मन्त्रालयलाई पत्राचार गर्ने उनले जानकारी दिए ।

पहिलो बैठकले समितिको आन्तरिक कार्यविधि पारित गरेको छ । सभापति चयनमा भने सत्तापक्ष र विपक्षले दाबी प्रस्तुत गरेपछि पहिलो बैठकले टुङ्ग्याउन सकेन । अर्को बैठक बुधवार दिउँसो साढे २ बजेका लागि बोलाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर