सभामुख सापकोटाले गरे ५ वटा विधेयक प्रमाणीकरण – Nepal Press

सभामुख सापकोटाले गरे ५ वटा विधेयक प्रमाणीकरण

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले पाँचवटा विधेयक प्रमाणित गरेका छन् ।

विभिन्न मितिमा राष्ट्रियसभा र प्रतिनिधिसभाले पारित गरेका ५ वटा विधेयकलाई सापकोटाले मंगलबार प्रमाणीकरण गरेका हुन् ।

विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि मात्र कानुनी रूप लिने संवैधानिक व्यवस्था छ ।

सभामुख सापकोटाले लोक सेवा आयोगसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, आर्थिक वर्ष २०७९ /०८० को सेवा र कार्यको लागि संघीय सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, ऋण तथा जमानत ऐन, २०२५ लाई संशोधन गर्न बनेको विधेयक, राष्ट्र ऋण उठाउने अधिकारको व्यवस्था गर्न बनेको विधेयक र नेपाल सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक प्रमाणित गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर