गभर्नर भन्छन्- मूल्यवृद्धि रोक्न ब्याजदर बढाउनुपर्छ – Nepal Press

गभर्नर भन्छन्- मूल्यवृद्धि रोक्न ब्याजदर बढाउनुपर्छ

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मूल्य वृद्धि रोक्नका लागि ब्याजदर वृद्धि  गर्नुपर्ने बताएका छन् ।

आज संसदको अर्थसमितिमा आगामी आर्थिक वर्षको मौद्रिक नीतिको छलफलमा गभर्नर अधिकारीले मूल्यवृद्धि रोक्नका लागि ब्याजदर वृद्धि गर्नपर्ने बताएका हुन् ।

पछिल्लो समय उद्योगी व्यापारीले ब्याजदर वृद्धि गर्न नहुने भनिरहेको बेला गभर्नर अधिकारीको भनाइ अनुसार फेरि ब्याजदर वृद्धि हुने संकेत गरेका छन् । ब्याजदर वृद्धि गर्नुको विकल्प नै नभएको समेत उनले बताए ।

अर्थसमितिले मौद्रिक नीतिको छलफलका लागि गभर्नरलाई बोलाएको थियो ।गभर्नरले भने, ‘कोरोनापछि प्रायः सबै देशमा मूल्य वृद्धि भएको छ । ती देशहरुको मौन्द्रिक उपायहरुमा ब्याजदर वृद्धि नै परेको छ । नेपालमा पनि अझ जेठ महिनामा मूल्य वृद्धि माथि जाने अनुमान छ ।

मूल्य वृद्धि रोक्नका लागि नै मौद्रिक नीति आउने हो । हामी पनि ब्याजदर वृद्धि गर्नै पर्ने अवस्थामा रहेका छौं ।’ १० महिनाको समयमा २।४७ अर्बले विदेशी संचिति घटेको अधिकारीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर