आबेलाई श्रदाञ्जली अर्पण गर्न अमेरिकी विदेशमन्त्री एन्टोनी टोकियोमा, प्रधानमन्त्री किसिदासँग भेट – Nepal Press

आबेलाई श्रदाञ्जली अर्पण गर्न अमेरिकी विदेशमन्त्री एन्टोनी टोकियोमा, प्रधानमन्त्री किसिदासँग भेट

टोकियो । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेलाई श्रदाञ्जली अर्पण गर्न अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन जापान आइपुगेका छन् ।

बिहान जापान प्रवेश गरेका एन्टोनीले प्रधानमन्त्री किसिदा फुमिओलाई भेटी अमेरिकाको तर्फबाट जापानका नागरिक र स्वर्गीय आबेका परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले शोकाकुल परिवारजनप्रति समवेदना व्यक्त गर्दै पत्र पठाएको सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

जापानका पूर्वप्रधानमन्त्री आबेमाथि खान्साई क्षेत्रको नारा शहरमा चुनावीसभालाई सम्बोधन गर्दैगर्दा गोली प्रहार भएको थियो । गोली प्रहारबाट गम्भीर घाइते उनको उपचारका क्रममा शुक्रबार निधन भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर