माओवादी बैठक- नारायणकाजी र महरा दुवै उपाध्यक्ष – Nepal Press

माओवादी बैठक- नारायणकाजी र महरा दुवै उपाध्यक्ष

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी चयनमा सर्वाधिकार प्राप्त अध्यक्ष प्रचण्डले युवा नेतामा तीब्र प्रतिस्पर्धा देखिएपछि पुरानै नेताबाट काम चलाउने संकेत गरेका छन् ।

विशेषगरी महासचिवमा वर्षमान पुन र जनार्दन शर्मामध्ये एउटा रोज्दा अर्को रिसाउने भय प्रचण्डमा छ । चुनाव गर्ने पक्षमा उनी छैनन् । चुनाव हुँदा देवेन्द्र पौडेल, शक्ति बस्नेतलगायतका नेताहरुले पनि महासचिवमा उम्मेदवारी दिने बताएका छन् ।

प्रचण्डले गत बिहीबारको बैठकमा आफूसँग पदाधिकारीको नाम रहेको भन्दै पढ्न बाध्य नपार्न आग्रह गरेका थिए । पदाधिकारीमा प्रस्तावित कतिपय नेतामाथि नै स्थानीय चुनावमा अन्तर्घातको आरोप लागेकाले छानबिन पर्खिन उनले गरेको आग्रह टार्ने मेलोमात्र भएको नेताहरुको बुझाइ छ ।

प्रचण्डले वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठको विकल्प नरहेको बैठकमै बताएका थिए । श्रेष्ठको मात्रिका यादवले विरोध गर्ने पनि उनैले स्वीकार गरेका थिए । वरिष्ठ उपाध्यक्षमा महरा र मात्रिका यादवको पनि दाबी थियो ।

माओवादी अध्यक्ष प्रचण्डले आफूपछिको बरियतामा रहनेगरी उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र कृष्णवहादुर महरालाई अघि सारेका छन् । शनिवारको स्थायी कमिटी बैठकमा अध्यक्षसँग दुई नेतामात्र बसेका छन् ।
महराले आफू र नारायणकाजी श्रेष्ठ दुई उपाध्यक्ष बनेको भन्दै स्थायी कमिटीले यसलाई टुंगो लगाउँने बताइएका छन् ।

यदि पदाधिकारी चयनमा समस्या भएमा उनले विशेष महाधिवेशनसम्म आफू एकल पदाधिकारी भएर जाने विकल्पसमेत तयार पारेका छन् । प्रचण्डले चाँडै समाजवादी क्रान्तिको आधार तय गर्न विशेष महाधिवेशन हुने बताइसकेका छन् ।


प्रतिक्रिया

2 thoughts on “माओवादी बैठक- नारायणकाजी र महरा दुवै उपाध्यक्ष

  1. पार्टी नै हाेईन । प्रचण्ड कम्पनी प्रा. लि. । बाँकी प्रचण्डले देलान र खाउँला भनेर ढुकेर बस्ने परे । यिनले पनि एमालेलाई भन्ने ?

  2. प्रचण्ड एण्ड कम्पनी अनिराज्यको ढुकुटी आफैंलाई भर्ने समुह ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर