हिमालयन बैंकको मर्जर फेरि भाँडियो – Nepal Press

हिमालयन बैंकको मर्जर फेरि भाँडियो

काठमाडौं । हिमालयन र सिभिल बैंकबीचको मर्जरसम्बन्धी सम्झौता रोकिएको छ । आजका लागि तय गरिएको सम्झौता कार्यक्रम अन्तिम समयमा स्थगित भएको हो ।

कर्मचारी समायोजनसहितका केही विषयमा कुरा नमिल्दा सम्झौता रोकिएको बताइएको छ । हिमालयन बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले सिभिल बैंकलाई दिने सेयर आदानप्रदान अनुपातमा असहमति जनाएको बताइएको छ ।

यसअघि पनि हिमालयन बैंकको नेपाल इन्भेष्टमेन्ट बैंकसँगको मर्जर टुटेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर