अर्थमन्त्रीले नैतिकता र त्याग देखाउनुभयो : प्रचण्ड – Nepal Press

अर्थमन्त्रीले नैतिकता र त्याग देखाउनुभयो : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वअर्थमन्त्री जनार्दन शर्माको राजीनामाले नैतिकता र त्यागको सन्देश गएको बताएका छन् ।

आज बसेको पार्टीको केन्द्रीय समिति बैठकको सुरूमा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘अर्थमन्त्रीले आफूले केही गरेको छैन भन्नुभएको छ । तर, राजीनामा गर्नुभयो,’ उनले भने,‘त्यसले नैतिकता र त्यागको सन्देश गएको छ ।’

संसदमा कुरा उठेपछि पूर्वअर्थमन्त्री शर्माले प्रष्ट कुरा राखेर संसदमा नैतिकता प्रदर्शन गरेको अध्यक्ष प्रचण्डले बताए । उनले भने,‘नगरेको भए त्यही विषयलाई भ्रमित पार्दै र उचाल्दै राजनीति अप्ठ्यारोमा पार्ने र गठबन्धन अप्ठ्यारोमा पार्ने ठूलो डिजाइन भयो । त्यो डिजाइनलाई त्यागद्वारा जवाफ दिइएको छ ।’ यसबारे कार्यकर्ताहरू जनतालाई भन्नुपर्ने उनले सुझाव दिए ।

‘छानबिनको लागि तयार छु भन्ने घोषणा गर्नुभएको छ । यो एउटा राजनीतिक संस्कार विकास गर्ने प्रक्रियाको कडी हो,’ अध्यक्ष प्रचण्डले भने ।
तर, प्रतिपक्षले यसलाई माओवादीलाई अपमानित गर्न प्रयोग गर्ने भन्दै उनले कार्यकर्तालाई यसलाई नयाँ तरिकाबाट लैजानुपर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर