कीर्तिमानी नाडाल विम्बल्डनको सेमिफाइनलमा – Nepal Press

कीर्तिमानी नाडाल विम्बल्डनको सेमिफाइनलमा

काठमाडौं । कीर्तिमानी राफेल नाडाल वर्षको तेस्रो ग्रान्डस्लाम टेनिस विम्बल्डनको सेमिफाइनल पुगेका छन् ।

नाडालले बुधबार राति भएको खेलमा टेलर फ्रिट्जलाई पाँच सेट खेल्दै अन्तिम चारको यात्रा तय गरेका हुन् ।

सुरूका तीनमध्ये दुई सेट गुमाएका नाडालले त्यसपछि लगातार दुई सेट जित्दै संघर्षपूर्ण जित हात पारे । नाडाल यो खेलमा ३-६, ७-५, ३-६, ७-५ र ७-६ को सेटमा विजयी भएका हुन् ।

नाडालले हालसम्म पुरुषतर्फ सर्वाधिक २२ पटक एकल ग्रान्डस्लाम उपाधि जितेका छन् । यो वर्ष सम्पन्न भइसकेका दुवै ग्रान्डस्लाम अस्ट्रेलियन ओपन र फ्रेन्च ओपन नाडालले हात पारेका थिए । अब उनले सेमिफाइनलमा निक किर्गियोससँग प्रतिस्पर्धा गर्नुपर्ने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *