श्रीलंकाको संकट अझै एक वर्ष रहन्छः प्रधानमन्त्री विक्रमासिंघे – Nepal Press

श्रीलंकाको संकट अझै एक वर्ष रहन्छः प्रधानमन्त्री विक्रमासिंघे

काठमाडौं । श्रीलंका टाट पल्टिएको र यहाँको आर्थिक संकट कम्तीमा आगामी एक वर्षसम्म रहने प्रधानमन्त्री रनिल विक्रमासिंघेले बताएका छन् ।

संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री विक्रमासिंघले सो जानकारी दिएका हुन् । सरकारले अत्यावश्यक वस्तुहरू आयात गर्न विदेशी मुद्रा सकिन थालेपछि टापु देशका २ करोड २० लाख नागरिक महिनौंसम्म चलेको मुद्रास्फिति र लामो विद्युत कटौती झेलिरहेका छन् ।

कुनै बेलाको समृद्ध देश श्रीलंका यस वर्ष गहिरो मन्दीमा जाने र खाद्यान्न, इन्धन र औषधिको चरम अभाव हुने उनले बताए । ‘हामीले सन् २०२३ मा पनि कठिनाइहरूको सामना गर्नुपर्नेछ’ प्रधानमन्त्रीले भने, ‘सत्य यही हो ।’

श्रीलंकाले टाट पल्टिएको देशको रुपमा अन्तर्राष्ट्रिय मुद्रा कोषसँग वार्ता गरिरहेको उनले जानकारी दिए । विदेशी मुद्रा संञ्चितको अभावमा श्रीलंकामा अत्यावश्यकीय वस्तुको आयात हुन सकेको छैन ।

अहिले त्यहाँ पेट्रोलको चरम संकट छ । इन्धन सकिएपछि विद्यालय बन्द छन् भने निजी कार्यालयका कर्मचारीलाई घरबाटै काम गर्न भनिएको छ ।

८० प्रतिशत जनताले खाद्यान्न अभाव सामना गरेको संयुक्त राष्ट्रसंघको अनुमान छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर