सर्‍यो जसपा केन्द्रीय समिति बैठक – Nepal Press

सर्‍यो जसपा केन्द्रीय समिति बैठक

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समिति बैठक सारेको छ ।

यसअघि २८-२९ मा वीरगञ्जमा बैठक तय भएकोमा मुस्लिम समुदायको चाड वकर-ईद परेकाले २९-३० मा सारिएको केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले जानकारी दिए ।

उनका अनुसार बैठक वीरगञ्जमै हुनेछ ।

जसपा अहिले आन्तरिक कलहमा छ । अध्यक्ष उपेन्द्र यादवसँगको पछिल्लो वार्तामा सहमतिका आधारमा छुट्टिने र बाबुराम भट्टराई पक्षमा लागेका सांसदलाई कारबाही नगर्ने समझदारी भएसँगै यादवले मन्त्री हेरफेर गरिसकेका छन् ।

पार्टीका पछिल्लो अवस्थाका बारेमा छलफल गरी थप रणनीति बनाउन भट्टराईले पनि समानान्तर बैठक डाकिसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर