पुनरागमन जित निकाल्दै जोकोभिच विम्बलडनको सेमिफाइनलमा – Nepal Press

पुनरागमन जित निकाल्दै जोकोभिच विम्बलडनको सेमिफाइनलमा

काठमाडौं । विश्व नम्बर एक नोभक जोकोभिच विम्बलडनको सेमिफाइनल प्रवेश गरेका छन् ।

मंगलबार सेन्टर कोर्टमा सम्पन्न क्वार्टरफाइनल खेलमा १०औं वरियताका जान्निक सिन्नरविरुद्ध पुनरागमन जित निकाल्दै उनी सेमिफाइनल प्रवेश गरेका हुन् ।

उनले सिन्नरसँगको पहिलो रा दोस्रो सेट क्रमशः ५–७, २–६ले हारेका थिए । तर त्यसपछिका तीन सेटमा लगातार ६–३, ६–२, ६–२ को जित निकाल्दै जोकोभिच सेमिफाइनल पुगेका हुन् ।

उनले सेमिफाइनलमा डेभिड गोफन र कामेरन नोउरबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछन् ।

जोकोभिचले ६ पटक विम्बलडन जितेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *