कोपनहेगनस्थित सपिङ मलमा गोली चल्यो, तीनजनाको मृत्‍यु – Nepal Press

कोपनहेगनस्थित सपिङ मलमा गोली चल्यो, तीनजनाको मृत्‍यु

काठमाडौं । डेनमार्कको दक्षिण कोपनहेगनस्थित फिल्ड्स मलमा एकजना आक्रमणकारीले अन्धाधुन्द गोली चलाउँदा कम्तीमा तीनजनाको मृत्‍यु भएको छ । थप तीन गम्भीर घाइते भएका छन् ।

प्रहरी प्रमुख सोरेन थोमसेनका अनुसार घटनाको कारण भने खुलेको छैन । यौपि यो घटनालाई आतंकवादसम्बन्धी कार्यको रूपमा हेरिएको बीबीसीले जनाएको छ ।

घटनापश्चात डेनमार्ककी प्रधानमन्त्री मेट फ्रेड्रिकसेनले डेनमार्कले क्रूर आक्रमण भोगेको बताएकी छन् । यस्तै डेनमार्कको राजपरिवारले पनि घटनाका पीडित तथा उनीहरूका आफन्तजनप्रति सहानुभूति जनाएका छन् ।

शंकास्पद आक्रमणकारीको रूपमा पक्राउ परेका २२ वर्षीय युवकलाई आजै सोधपुछका लागि न्यायाधीशसमक्ष पेस गर्ने तयारी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर