हामीले सुधारिएको संसदीय प्रणाली बनाएका छौंः नेम्वाङ (भिडिओ) – Nepal Press

हामीले सुधारिएको संसदीय प्रणाली बनाएका छौंः नेम्वाङ (भिडिओ)

काठमाडौं । संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले नेपालको संविधानले सुधारिएको संसदीय प्रणाली अवलम्वन गरेको बताएका छन् ।

६४ औं संसद दिवसका अवसरमा पूर्व सांसद मञ्च र संघीय संसद सचिवालयले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘जनताले, जनताको लागि बनाएको संविधान, जसले संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरक्षेता, समावेशितासहितको समाजवादउन्मुख संविधान बनायौं,’ उनले भने,‘जसले प्रष्ट भाषामा घोषणा गर्‍यो, हाम्रो राजनीतिक प्रणाली संसदीय प्रणाली हो । बहुदलीय प्रतिस्पर्धामा आधारित संसदीय प्रणाली यसमा कुनैपनि इफ-बट केही पनि छैन । प्रष्ट हो यो ।’

नेपालको संसदीय अनुभवलाई आत्मसात् गर्दै केही विशेष व्यवस्था पनि राखिएको अध्यक्ष नेम्वाङले बताए ।

‘हामीले हाम्रो अनुभवमा आधारित भएर केही हाम्रै विशेषतासहितको संसदीय प्रणाली अपनाएका छौं । जसलाई हामी सुधारिएको संसदीय पनि भन्छौं,’ उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर