नेकपा (बहुमत) निकट अखिल क्रान्तिकारीको अध्यक्षमा राई, ७६ सदस्यीय केन्द्रीय समिति चयन – Nepal Press

नेकपा (बहुमत) निकट अखिल क्रान्तिकारीको अध्यक्षमा राई, ७६ सदस्यीय केन्द्रीय समिति चयन

काठमाडौं । मिलन राईको अध्यक्षतामा नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) को ७६ सदस्यीय केन्द्रीय समिति चयन भएको छ ।

असार १२ गते सुरु भएको संगठनको विशेष राष्ट्रिय भेलाले उपाध्यक्षमा वीरेन्द्र शाह, महासचिवमा रूपा बुढामगर, सचिवमा नवराज भट्ट र कोषाध्यक्षमा दीपक विष्टलाई चयन गरेको हो ।

विशेष राष्ट्रिय भेलाले ७६ सदस्यीय केन्द्रीय समिति चयन गर्नुका साथै साङ्गठनिक–राजनीतिक प्रतिवेदन र विधान पनि पारित गरेको संगठनले जनाएको छ ।

नेकपा (बहुमत) पार्टीका संयोजक धर्मेन्द्र बास्तोलाले ‘कञ्चन’ले सनराइज स्मृति दिवसको दिन काठमाडौँमा भेलाको उद्घाटन गरेका थिए ।

भेलाको अन्तिम दिन पार्टीका संयोजक कञ्चन, पार्टी प्रवक्ता हेमन्तप्रकाश ओली ‘सुदर्शन’, कार्यालय सदस्य उदयबहादुर चलाउने ‘दीपक’, गुणराज लोहनी, सचिवालय सदस्य तथा विद्यार्थी मोर्चाका इन्चार्ज पूर्णबहादुर सिंह, ‘नयन’लगायत नवौँ महाधिवेशन आयोजक समितिका सदस्यले बन्दसत्रमा उपस्थित रहेका थिए ।

भेलामा पार्टी संयोजक कञ्चन, प्रवक्ता सुदर्शन, मोर्चा इन्चार्ज सिंहलगायतले प्रशिक्षणमूलक भनाइ राखेका थिए ।

देशभरिका सबै ब्युरोबाट ३ सय हाराहारी प्रतिनिधि पर्यवेक्षक भेलामा सहभागी भएका जनाइएको छ ।

प्रतिनिधिलाई ८ समूहमा विभाजित गरेर विधान र प्रतिवेदनमाथि छलफल गराइएको थियो ।

विशेष राष्ट्रिय भेलाका निर्णय र कार्यक्रम पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने कार्यक्रम रहेको जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर