ललितपुरमा स्कुटीको डिकीबाट दुई राउन्ड गोलीसहित पेस्तोल बरामद, एकजना पक्राउ – Nepal Press

ललितपुरमा स्कुटीको डिकीबाट दुई राउन्ड गोलीसहित पेस्तोल बरामद, एकजना पक्राउ

काठमाडौं । ललितपुर प्रहरीले पेस्तोल र त्यसमा लाग्ने दुई राउन्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका- ८ लुभु बस्ने ५३ वर्षीय श्यामकृष्ण श्रेष्ठ रहेका छन् ।

श्रेष्ठ प्रदेश ३-०२-०१२ प ६२४१ नम्बरको स्कुटीमा इमाडोलबाट लुभु गइरहेका थिए । शंका लागेर खानतलासी गर्दा स्कुटीको डिकीमा हतियार र गोली भेटिएको प्रहरीले जनाएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर