अधिकार माग्दै यूएनएचसीआर अगाडि शरणार्थीको प्रदर्शन (भिडिओ) – Nepal Press

अधिकार माग्दै यूएनएचसीआर अगाडि शरणार्थीको प्रदर्शन (भिडिओ)

काठमाडौं । नेपालमा रहेका विभिन्न देशका शरणार्थीले आर्थिक, सामाजिक, सांस्कृतिकलगायतका अधिकारको सुनिश्चितताको माग गर्दै प्रदर्शन गरेका छन् ।

मंगलबार काठमाडौंस्थित संयुक्त राष्ट्रसंघको शरणार्थीसम्बन्धी नियोग (यूएनएचसीआर) को कार्यालय अगाडि उनीहरूले विभिन्न ११ बुँदे मागसहित विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरूले मानव अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघको विश्वव्यापी घोषणापत्र सन् १९८४ ले उल्लेख गरेका अधिकार सुनिश्चित गर्नुपर्ने पहिलो बुँदामै माग गरेका छन् ।

त्यस्तै निजी विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सतप्रतिशत सहयोग गर्नुपर्ने र शरणार्थी बालबालिकाको अन्य अधिकार पनि सुनिश्चित गर्नुपर्ने माग छ । आफूहरूमाथिको भेदभाव अन्य गर्नुपर्ने र घर फर्कन चाहनेलाई उचित वातावरण बनाइदिन पनि उनीहरूको माग छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *