पहुचयुक्त भौतिक संरचना तथा संचार सेवा निर्देशिका, २०६९ कार्यान्वयन अवस्थाबारे अन्तरक्रिया सम्पन्न – Nepal Press

पहुचयुक्त भौतिक संरचना तथा संचार सेवा निर्देशिका, २०६९ कार्यान्वयन अवस्थाबारे अन्तरक्रिया सम्पन्न

काठमाडौँ । अपाङ्गता भएका व्यक्तिको लागि पहुचयुक्त भौतिक संरचना तथा संचार सेवा निर्देशिका, २०६९ कार्यान्वयन अवस्था सम्बन्धी सचेतीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय शारीरिक अपाङ्ग संघ नेपालले आयोजना आयोजनामा उक्त कार्यक्रम काठमाडौंमा सम्पन्न भएको हो ।

कार्यक्रममा सस्थाका अध्यक्ष किरण शिल्पकारले कार्यक्रमको औचित्यमाथी प्रकाश पारेका थिए भने राष्ट्रिय अपाङ्ग महासंघ नेपालका प्रमुख प्रशासकिय अधिकृत मनिष प्रसाइले अपाङ्गता भएका व्यक्तिका सवालमा राज्यले गरेका प्रतिबद्धता, पहुचायुक्त भौतिक संरचना तथा संचार सेवा निर्देशिका, २०६९ कार्यान्वयन सम्बन्धमा गरेका राम्रो अभ्यास, उक्त निर्देशिका कार्यान्वयन नहुदाका समस्याबारे जानकारी गराएका थिए ।

कार्यक्रममा राष्ट्रिय योजना आयोग सदस्य सलोनी प्रधानले भौतिक संरचनालाई अपाङ्गतामैत्री नजोडेर समाजमैत्री भन्नुपर्ने धारणा राखिन । ‘अपाङ्गतामैत्री भनेर अपांगता भएका व्यक्तिलाई मात्र हैन यसले बालबालिका जेष्ठ नागरिक सुत्केरी महिला सबैलाई सहयोग गर्छ । त्यसैले यसलाई समाजमैत्री भन्नुपर्छ ।’ उनले थप्दै भनिन्, ‘यस्ता कार्यक्रममा यो समाजका हरेक वर्ग समुदाय जोड्नुपर्छ । यति मात्र हैन जसरी वन मन्त्रालय ले हरेक योजना वातावरणमैत्री भए नभएको अनुगमन गर्छ त्यसरी नै अब हरेक कार्यक्रम अपाङ्गतामैत्री भए नभए पनि अनुगमन गर्ने संयन्त्र बनाउनुपर्छ ।’

कार्यक्रममा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको अपाङ्गता अधिकार प्रवर्धन शाखाकी प्रमुखसमेत रहेकी उपसचिव जमुना मिश्रले पहुचयुक्त भौतिक संरचना तथा संचार सेवा निर्देशिका, २०६९ कार्यान्वयन अवस्थाबारे मन्त्रालयले गरिरहेका कामबारे जानकारी गराएकी थिईन । कार्यक्रममा अपाङ्गता क्षेत्रमा काम गर्ने विभिन्न संघ सस्थाका प्रमुख एवं प्रतिनिधिको सहभागिता रहेको थियो ।

कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका अध्यक्ष मित्रलाल शर्माले राष्ट्रिय शारीरिक अपाङ्ग संघको प्रसंसा गर्दै आफ्नो कार्यकालमा महासंघले अभूतपूर्ण उपलब्धी हासिल गरेको बताए । उनले आगामी दिनमा थप शसक्त भएर अपाङ्गताका सवालमा काम गर्दै जाने पनि प्रतिबद्दता जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर