गण्डकी सरकारको निर्णयविरुद्ध कांग्रेस जिल्ला सभापतिहरुको आपत्ति – Nepal Press

गण्डकी सरकारको निर्णयविरुद्ध कांग्रेस जिल्ला सभापतिहरुको आपत्ति

काठमाडौं । नेपाली कांग्रेस गण्डकी प्रदेशका जिल्ला सभापतिहरूले एकै वर्षमा दुई पटक सवारी नवीकरण गर्नुपर्ने निर्णय सच्याउन आग्रह गरेका छन् ।

गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सवारी नवीकरण वर्षमा दुई पटक गर्नुपर्ने विषय समेटिएपछि कांग्रेसले आपत्ति जनाएको हो ।

सरकारले उत्पादन बढाउने कार्यक्रम ल्याएर जनतालाई आत्मनिर्भर बनाउने र रोजगारीको सिर्जना गर्नुपर्ने भए पनि जनताले अनावश्यक हैरानी खेप्नुपर्ने गरी निर्णय हुनु आपत्तिजनक भएको कांग्रेस जिल्ला सभापतिहरूको ठहर रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर